www.tandavnews.com
Fact ~ In search of truth

हिमालयन रोडिज सिजन – ३ को उपाधि पोखराका सुजनले जिते

पोखरा,
ताण्डव न्युज ।

हिमालयन रोडिज सिजन ३ को उपाधि पोखराका सुजन सुवेदीले जितेका छन् ।

र्यापर आशिष राना (लाहुरे)को नेतृत्वमा रहेको ग्रीन टिमका सुजनले ब्लु टिमका दिवस श्रेष्ठलाई पछि पार्दै उपाधी जितेका हुन् । हिजो (सोमबार) भएको ग्रान्ड फिनालेमा दिइएको टास्कलाई सुजनले कम समयमा पुरा गरेका थिए । फिनालेमा दिइएको टास्क दिवसले ३५ मिनेटमा सकेका थिए भने उपाधी होल्डर सुजनले २७ मिनेटमा सकेका थिए ।

Batas

सुजनले उपाधी मार्फत १० लाख र यामाहा एफ  जेड प्राप्त गरेका छन् ।

रोडिजको पिआई राउन्डमा सुजनले चारवटै ग्याङ लिडरको मन जितेका थिए । चार वटै ग्याङ लिडरसहित होस्ट रेमन दास श्रेष्ठले पनि रेस्पेक्टसहित सुजनका लागि बजर बजाएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.