www.tandavnews.com
Fact ~ In search of truth

भारत : कोरोना सङ्क्रमितको संख्या १८ लाख ५५ हजार नाघ्यो

काठमाडौं ।

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १८ लाख ५५ हजार नाघेको मंगलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले आज मंगलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या ३८ हजार ९३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

Batas

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ । राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा संक्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसेकेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.