www.tandavnews.com
Fact ~ In search of truth

कवि तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’ मदन पुरस्कारका लागि मनोनीत

पोखरा ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि ७ कृति मनोनय गरेको छ ।

७ कृति मध्ये कविता स‌ंग्रह धर्सैधर्साको चक्रव्यूह मदन पुरस्कारको लागि मनोनयनमा परेको छ । कवि तीर्थ श्रेष्ठको यो संग्रह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मानिने मदन पुरस्कारका लागि मनोनयनमा परेको हो ।

Batas

गुठीलाई प्राप्त भएको १५१ कृतिमध्येबाट बढीमा १० श्रेष्ठ कृतिको सूची तयार गर्न गठित समितिले ७ पुस्तकको सूची उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सार्वजनिक सूची अनुसार विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु ९खण्ड १(३०, चन्द्रप्रकाश बानियाको महारानी, ललित विष्ठको मोहपथ र शारदा शर्माको यात्रामा कृति मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकले वर्ष २०७६ को मदन पुरस्कार प्राप्त गर्नेछ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.