www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ३ मा कोरोना पुष्टि, संक्रमितको संख्या १५ सय ५५ पुग्यो

पोखरा,
ताण्डव न्युज ।

आज (बुधबार) बिहान नौ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा गण्डकी प्रदेशमा फेरि संक्रमित थपिएका छन् ।

प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङका २ र कास्कीका १ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Batas

बागलुङका संक्रमित गलकोट र जैमिनी नगरपालिकाको रहेको बताइएको छ भने कास्कीका संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.