www.tandavnews.com
Fact ~ In search of truth

देशभर २४ घन्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।मन्त्रालयका अनुसार २४ घन्टामा १४७ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १५ हजार १५६ ले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Batas

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.