www.tandavnews.com
Fact ~ In search of truth

पोखराका एक पुरुषसँगै गण्डकीमा थप ११ मा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज (बिहिबार) थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की १,पर्वतका १,गोरखाका ६ र नवलपरासीका ३ जनामा कोरोना संक्रममण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कास्कीका संक्रमित पोखरा महानगरपालिका वडा नम्बर ४ का २२ वर्षीय पुरुष,पर्वतका संक्रमित कुश्मा वडा नम्बर १३ की ३० वर्षीया महिला हुन्। त्यस्तै गोरखाका संक्रमित पालुङटार वडा नम्बर ६ र ९ का २४ र ३५ वर्षीय पुरुष, सिरानचोका २५ वर्षीय पुरुष, बारपाक सुलिकोटका २२ र २९ वर्षीय पुरुष र गोरखाकी २४ वर्षीया महिला हुन् । भने नवलपरासी हुप्सेकोटका २३,२५ र २५ वर्षीय पुरुष हुन्।

Batas

आज थपिएका ११ संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५६६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.