www.tandavnews.com
Fact ~ In search of truth

बाढीले बेँसीशहर–चामे सडक बगायो

लमजुङ ।

पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । हिजो(बुधबार) साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।

सो खोलामा आएको बाढीले करिब १५-२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए । त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ ।

Batas

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.