www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

Batas

बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले जानकारी दिए। कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.