www.tandavnews.com
Fact ~ In search of truth

२४ घन्टामा देशभर थप ३६० जनामा कोरोना पुष्टि, २३३ जना डिस्चार्ज

काठमाडौँ ।

नेपालभर पछिल्लो २४ घन्टामा थप ३६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

Batas

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.