www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको दरौँदीले बगाउँदा दुई बालक बेपत्ता

गोरखा ।

गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

‘गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्’, उनले भने, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।’ बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो ।

Batas

लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.