www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका थप ८ मा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ८ जना पोखरा महानगरका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार संक्रमित पोखरा महानगर वडा नम्बर १९, १५ र ३२ का रहेका छन् । संक्रमित उनीहरु ४ महिला र ४ पुरुष रहेका छन्
निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर – १९का (५८, ६८, ८८) वर्षीया ३ महिला , (५७, ६०, ६०) वर्षीय ३ पुरुष, वडा नम्बर १५ की ३२ वर्षीया एक महिला र वडा नम्बर ३२ का १९ वर्षीय पुरुष रहेका छन् ।

Batas

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५८७ पुगेको छ भने निको हुनेको संख्या १३८३ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.