www.tandavnews.com
Fact ~ In search of truth

चाडपर्व अब घरपरिवारमै सीमित, यस्ता छन् मापदण्ड

पोखरा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदै गरेका चाडपर्व तथा उत्सवहरु मनाउँदा ध्यान दिनुपर्ने र पालना गर्नुपर्ने केही मापदण्ड सार्वजनिक गरेको छ ।

कोरोनाको जोखिम बढिरहेको बेला सुरक्षित तवरले पर्व मनाउन आग्रह गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको हो ।
जारी मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँगको भेटघाट कम गर्न, यदि भेटघाट गर्नैपर्ने भएमा कम्तिमा २ मिटरको दुरी अनिवार्यरुपमा कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

Batas

चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने,जानैपर्ने भएमा सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य रुपले गर्ने, कार्यक्रम स्थलमा प्रवेश गर्खा अनिवार्य साबुनपानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्न आग्रह गरिएको छ ।

धार्मिक स्थलमा हुने हरेक भेलामा तथा कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने,अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट अभिवादन गर्ने,रेलिङ , बार, देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामाग्रीहरु नछुने भनिएको छ ।

कार्यक्रम आयोजकले जनस्वास्थ्यका सुरक्षा सहित तालीम प्राप्त कर्मचारी वा स्वयं सेवकहरुको व्यवस्था गर्नुपर्ने,हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा स्यानिटाइजरको अनिवार्य उपलब्ध गराउनुपर्ने,कार्यक्रम स्थल सरसफाईमा ध्यान दिनुपर्ने, कार्यक्रम जति सक्दो छोटो राख्ने लगायतका मापदण्ड जारी गरिएको छ ।

मापदण्ड पढ्न/हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

 

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.