www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ र तनहुँ जोड्ने पाउँदी मोटरेबल पुल निर्माण सम्पन्न

लमजुङ ।

लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने पाउँदी मोटरेबल पुल निर्माण भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ र तनहुँको भानु नगरपालिका–११ मानेचौका जोड्ने मोटरेबल पुलको निर्माण भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कार्यालयका अनुसार सपना निर्माण सेवा कम्पनीले १८६ दशमलव आठ सेन्टिमिटर लम्बाइ र ११ मिटर चौडाइ लामो उक्त पुलको निर्माण गरेको हो । सो कम्पनीले करिब तीन वर्षभित्रै निर्माण सक्ने गरी उक्त कार्यालयसँग विसं २०७४ असार १८ गते सम्झौता गरेको थियो ।

Batas

सम्झौताअनुसार गत पुस मसान्तभित्र पुलको निर्माण गरिसक्नुपर्ने थियो । निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः म्यान थप गर्दै यही साउन मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २० करोड ९७ लाखको लागतमा निर्माण भएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर नारायण पौडेलले बताए ।

कम्पनीले निर्माण जिम्मा लिएर फम बिछ्याउने, पुलको जग हाल्ने, दुवैतर्फमा एक÷एक पिलर, बीचमा चार पिलर, स्टिक्चर, वर्डर, ग्याबिन जालीलगायत काम लकडाउन अघि सम्पन्न गरे पनि पुलमाथि ढलान गर्ने कार्य केही दिन अघि मात्र सम्पन्न गरेको हो ।

नाउँदी र पाउँदी खोला मिसिएको उक्त स्थानमा मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन आवतजावत रोकिँदै आएको थियो । पुल सम्पन्न भएपछि यतिबेला दुई जिल्लाबीच सहज आवतजावत हुन थालेको छ । यसअघि सो स्थान नजिकै रहेको झोलुङ्गे पुलबाट मान्छे र मोटरसाइकल आवतजावत गर्ने गरेका थिए ।

अन्य सवारी साधन भने हिउँदको बेलामा खोलाबाटै गुड्दै आएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.