www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव फलोअप : कवाडी करमा नयाँ बोलपत्र आब्हान

पाेखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले दिएको कवाडी निकासी कर ठेक्का रद्द गरेर पुनः बोलपत्र आव्हान गरेको छ । यसअघि दिएको टेन्डरको लागत न्यूनतम दर मुल्यांकन नै त्रुटिपूर्ण भएको भन्दै विवाद आएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा फाइल पुगेको थियो ।

पत्रिकामा प्रकाशित कवाडी कर निकासी बोलपत्र
Batas

कानुन विपरित भएको भन्दै विवाद आएपछि पोखरा महानगरपालिकाले कवाडी कर ठेक्का रद्द गरेर पुनः यही साउन १५ गते बोलपत्र आव्हान गरेको हो । बोलपत्र विवरण अनुसार पोखरा महानगरपालिका क्षेत्रबाट निकाशी हुने विभिन्न पुनः प्रयोग योग्य सामाग्रीहरुको कर संकलन गर्ने ठेक्का भनिएको छ । जसका लागि कर बाहेक न्यूनतम रकम ४ करोड ७८ लाख २७ हजार ४ सय ९९ रहेको छ भने धरौटी रकम २५ लाख रहेको छ । बोलपत्र दाखिला गर्ने अन्तिम मिति समय २०७७/५/१५ रहेको छ ।

यस अघि शुभ जगदम्बा कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी प्रालिले ४ करोड ४६ लाखमा ठेक्का पारेको थियो । महानगरपालिकाले कुनै पनि ठेक्का आह्वान गर्दा न्यूनतम मुल्यांकनमा अघिल्लो वर्षको टेन्डरमा १० प्रतिशत थप गरी नयाँ टेन्डर आह्वान गर्नु पर्ने थियो । तर महानगरपालिकाकै लापरवाहीको कारणले त्यो दर रेट अर्थात थप्नु पर्ने प्रतिशत थपिएन् । जसले गर्दा दुई वर्षको लागि दिएको टेन्डरमा महानगरपालिकालाई ३१ लाख रुपैयाँ बढि घाटा लाग्थ्यो । त्यसलाई मुल्याङकन गर्दै महानगरले शुभ जगदम्बा कम्पनीलाई रकम थप्न लगाएको थियो ।

सम्बन्धीत न्यूज

कवाडी ठेक्का प्रकरण : ‘रुल अफ ल अनुसार चल्नुपर्छ`

मेयर सा’बलाई वडाध्यक्ष दर्शन लामाको ‘अलर्ट नोट’

‘कानुन विपरित कवाडी ठेक्का’, गोपाल गुरुङलाई होला त कारवाही ?

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.