www.tandavnews.com
Fact ~ In search of truth

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल

काठमाडौं ।

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ ।

संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनका अनुसार मन्त्रालयले यो सेवा कानूनको दायरामा ल्याएर सञ्चालन गर्ने योजना बनाएको छ ।

विभागबाट मन्त्रालय पुगेको सो विधेयकमा नयाँ आएका सवारी साधनसमेत समेट्ने गरी छलफल अघि बढेको छ । उनले भने, ‘अहिलेको समयमा नकार्न नसकिने यी सेवालाई कसरी समेट्ने भनी छलफल भइरहेको छ ।’

Lama collectio News Middle

हाल नेपालमा टुटल, पठाओ, सारथीलगायतका संस्था यो सेवामा छन् । पछिल्लो झण्डै पाँच वर्षमा यो सेवाप्रति यात्रुको आकर्षण बढेको छ । बन्दाबन्दी खुकुलो बनाएर सरकारले गत असारदेखि निजी नम्बर प्लेटका सवारी साधन सञ्चालन थालेसँगै यसको प्रयोग अझै बढेको पाइन्छ ।

सवारी ऐनमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्थाकै आधारमा यातायात व्यवस्था विभागले सेवा रोक्न पटकपटक प्रयास गरे पनि आमनागरिकको यसप्रतिको आकर्षणका कारण निर्णय फिर्ता लिएको थियो ।

सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने, छोटो दूरीमा रोकिरहँदा गन्तव्यमा पुग्न घण्टौँ लाग्ने हुँदा सेवाग्राहीमा यी सेवाप्रतिको आकर्षण बढिरहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop