www.tandavnews.com
Fact ~ In search of truth

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन:नेकपा नेता रायमाझी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।

प्रेस संगठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।

Batas

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए । उनले भने, ‘व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।’

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प नभएको बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.