www.tandavnews.com
Fact ~ In search of truth

सावित्री गिरीकोे ‘छन्छन् काँचको चुरा’ सार्वजानिक

पोखरा
ताण्डव न्युज ।

स्काई कल्चर क्रियशनको प्रस्तुतिमा गायिका सावित्री गिरीको तीजको कोशेली ‘छन्छन् काँचको चुरा’ को शनिबार भिडियो सार्वजानिक गरिएको छ । राजाको चौतारा आर्दश आमा समूहको आयोजनामा भएको कार्यक्रममा गायिका तथा प्राज्ञ हरिदेवी कोइरालाले भिडियो विमोचन गरेकी हुन् ।

प्राज्ञ कोइरालाले तीज संरक्षण र यसको मर्मलाई बचाउनको लागि यस्ता खालका गीतले ठूलो योगदान दिने बताइन् । ‘अहिले तीजको नाममा एउटा जरा मात्र बाँकी छ होला । सबै ड्रम र गितारले गाएर गाइजात्रा जस्तो भैसकेको अवस्था छ,’ उनले भनिन्, ‘पर्व मूलक गीत हाम्रा सम्पदा हुन्, आमा जस्तै हुन त्यसैले यसलाई वचाउन पर्छ । विमोचित गीतले तीज पनको झल्को र संस्कृति बचाएको छ ।’

Batas

कार्यक्रममा पोखरा महानगर–३२ का वडा सदस्य विष्णुप्रसाद तिवारीले राम्रो कामलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए । उनले विकासका लागि वाटो,घाटो मात्र नभई कला,संस्कृतिको क्षेत्रमा पनि विकास भयो भने चौतर्फ हुने उल्लेख गरे ।

सोही गीतकी गायिका गिरीले संस्कृति बचाउनको लागि तीज गीत निकालेको सुनाइन् । उक्त गीत गिरीले नै संकलन गरेकी हुन् । गीतको भिडियोलाई पुकार श्रेष्ठले निर्देशन गरेका हुन भने प्रिति गुरुङको कोरियोग्राफी रहेको छ । गीतमा प्रार्थना श्रेष्ठले कम्मर मर्काएकी छन् । प्रदीप नापितको छायांकन, सम्पादन रहेको छ । गीतको भिडियोलाई महेन्द्र गिरीले निर्माण गरेका हुन् । गायिका गिरीले ‘छन्छन् काँचको चुरा’ को अलावा ‘भाइरस निस्क्यो’ गीतलाई पनि तीजकै छेकोमा बजार पठाएकी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.