www.tandavnews.com
Fact ~ In search of truth

अडियो लिक भएपछि पोखरा-२१ का वडा सदस्य गुरुङको धम्की ‘तिम्रो फेमिलि उडाइदिन्छु’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

अडियो लिक भएपछि पोखरा २१ का वडासदस्य राम बहादुर गुरुङले बाटो निर्माण समितिका अध्यक्षलाई धम्क्याएका छन् । गुरुङले बार्गेनिङ गरेको अडियो हिजो शुक्रबार सञ्चारकेन्द्र नामक अनलाइनले सार्वजनिक गरेको थियो ।

अडियो सार्वजनिक भएपछि बाटो निर्माण समितिका अध्यक्षलाई धम्की दिँदै भनेका छन् ‘हेर भाइ, तिम्ले मेरो करियर माथी दाग लगाउने कोशिस गर्यौ भने, तिम्रो फेमिलि उडाइदिन्छु बुझ्यौ नि ।’ गुरुङले इञ्जिनियरले पैसा नभइ काम नगर्ने बताउँदै समिति अध्यक्षलाई पैसा लिएर आएमात्रै काम हुने बताएका थिए । लिक भएको पहिलो अडियोमा गुरुङले भनेका छन् ‘फाइल मात्र बोकेर भएन नि, पैसा पनि बोकेर आऊ ।’

Batas

पहिलो अडियो लिक भएपछि गुरुङले धम्क्याएको दोस्रो अडियो ताण्डव न्यूजलाई प्राप्त भएको छ ।

सुन्नुहोस् अडियो

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.