www.tandavnews.com
Fact ~ In search of truth

होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम

पोखरा ।

पश्चिमाञ्चल होटल संघ पोखराले स्वास्थ्य सुरक्षा अभिमुखिकरण सम्पन्न गरेको छ ।

संघ अन्तर्गत संचालित होटलका कर्मचारी र संचालकहरुका लागि दुई दिन स्वास्थ्य सुरक्षा कार्यविधि अभिमुखिकरण तालिम दिएको हो । अभिमुखीकरण तालिममा कूल एक सय जनाले भाग लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

Batas

कर्मचारी र संचालकहरुलाई कोरोना भाइरससँग लड्दै होटलमा आउने पाहुनालाई कसरी पर्यटकीय सेवा प्रदान गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले स्पष्ट पारे ।

संघले आउँदो पर्यटकीय सिजनबाट पूर्ण रुपमा सेवा प्रदान गर्ने गरी संघ अन्तर्गतका सदस्य होटलहरुलाई पूर्व तयारी अगाडि बढाउन यस अघि नै आग्रह गरिसकेको पनि तुलाचनले स्मरण गराए । सेप्टेम्बर, अक्टोवर र नोभेम्बर महिनालाई पोखरामा मुख्य पर्यटकीय सिजन भनेर बुझ्ने गरिएको छ ।

कोरोना भाइरसका कारण चैत ११ गतेबाट सुरु भएको एक सय २० दिने देशव्यापी लकडाउन साउन ६ गते स्थगित गरिएसँगै साउन १५ गतेबाट होटल तथा रेष्टुृराँ खोल्न सकिने भनी सरकारले घोषणा गरेको थियो ।

सोही अनुसार १० देखि १५ प्रतिशत होटल मात्र पोखरामा हाल सेवामा खटेका छन्। सबै होटलको पूर्ण संचालन भने भाइरसको प्रभावले कस्तो रुप लिन्छ भन्नेमा भर पर्ने व्यवसायीले बताएका छन् ।

सरकारले तय गरेको होटल संचालन कार्यविधि अनुरुप होटल तथा रेष्टुरेण्ट कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ख्याल गरी तालिम प्रदान गरिएको हो ।

यस विषम परिस्थितिमा सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धि कार्यविधि अपनाएर होटल व्यवसाय संचालन गर्नु पर्ने प्रावधान भए अनुरुप संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखराको लेकसाइडमा निःशुल्क स्वास्थ्य सुरक्षा कार्यविधि सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.