www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस् क्यासलद्वारा हिमालय रोडिज बिजेता सुजन सम्मानित

सुशान्त गाहा मगर,

पोखरा /ताण्डव न्यूज ।

यामाहा एफ.जेडले प्रस्तुत गरेको हिमालय रोडिज सिजन–३ (ब्लड, स्वेट एण्ड टियर्स) का बिजेता पोखरेली सुजन सुवेदीलाई स्पोर्टस् क्यासल प्रा.लिले सम्मान गरेको छ ।

Batas

टिम ग्रीन ( आशिस रानामगर, लाहुरे) का सुवेदीलाई पोखरामा स्वागत गर्दै एक कार्यक्रममा बिच स्पोर्टस् क्यासलले सम्मान गरेको हो ।

रोडी सुजनलाई क्यासलका सञ्चालक तथा अध्यक्ष ईश्वर गुरुङ (चन्द्र), अनमोल पालिखे तथा पर्यटन व्यवसायी राजकुमार गुरुङले संयुक्त रुपमा खादा, फूलका गुच्छा तथा सम्मान पत्र प्रदान गरे ।

सोही अवसमा बोल्दै क्यासलका सञ्चालक ईश्वर गुरुङले रोडी सुजनलाई बधाई सहित शुभकामना व्यक्त गरे । उनले सुवेदीलाई आगामी दिनको यात्रा स्पोर्टस् बाट अघि बढाउन सुझाव दिदै युवाहरुको आईडल बन्नुपर्नेमा जोड दिए । त्यस्तै समाजसेवी तथा पर्यटन व्यवसायी राजकुमार गुरुङले सुजनको खुलेरै प्रशंसा गरे ।

गुरुङले अन्य युवाहरुले पनि सुजनबाट मेहनत र संघर्षको पाठ सिक्नसक्ने धारणा राखे । उनले रोडी सुजनलाई अन्नपूर्ण गाउँपालिका छोम्रोङमा रहेको न्यू छोम्रोङ गेष्ट हाउसमा गिफ्ट स्वरुप दुई दिनको लागि लजिङ फुडिङको व्यवस्था गर्ने घोषणा समेत गरेका थिए ।

त्यस्तै सम्मान ग्रहण पश्चात बोल्दै रोडी सुजनले क्यासल टिमप्रति आभार प्रकट गरे । ‘हिजो मात्रै सुनेर पनि यति छोटो समयमा मलाई यस्तो भारी सम्मान गर्नुभयो त्यसको लागि क्यासल फ्यामेलीलाई धेरै धेरै धन्यवाद । सुवेदीले भने ।’

उलने शुभचिन्तककै माया ममताको कारण गरेको मेहनतले उपाधि जितेको तर्क दिए । उनले आगामी दिनमा समेत स्पोर्टस् क्षेत्रमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै रोल मोडल बन्ने प्रयासमा निरन्तर लाग्ने बताए । रोडी सुजन कबड्डीका गण्डकी प्रदेश कप्तान समेत हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.