www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका २ सहित गण्डकीका ८ जनामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका २ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका ५ जिल्लाका सो ब्यक्तीहरुहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ५ का ३७ वर्षीय पुरुष र वडा नं २६ की ४० वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ , पर्वतका १, स्याङ्जाका १ र तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशका कुल संक्रमित संख्या १ हजार ६ सय २० पुगेको छ । जसमध्ये १ हजार ४ सय ७० संक्रमित संक्रमणमुक्त भएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.