www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा कार्यालय –२७ की एक कर्मचारीमा कोरोना, साउन ३० गते सम्म वडा कार्यालय बन्द

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नम्बर २७ का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै वडा कार्यालय बन्द गरिएको छ ।

साउनको ३० गते सम्म वडा कार्यालय बन्द गर्न पोखरा महानगरबाट पत्रआए पछि वडा कार्यालय बन्द गरिएको वडा नम्बर -२७ का वडा अध्यक्ष पुर्ण गुरुङले जानकारी दिए । वडा अध्यक्ष गुरुङले भने,‘ वडा कार्यालय बन्द गरिएको छ, केही दिनका लागि वडा कार्यालयले प्रदान गर्ने सेवा बन्द भएको हो । वडा कार्यालय शिल गरिएको होइन् ।’

Batas

वडामा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान आफुलाई जानकारी गराएको उनले बताए ।

कोरोना संक्रमित कर्मचारी आफ्नै घरमा आसोलेसनमा बसेको र अन्य कर्मचारी अहिले होम क्वारेन्टिनमा बसेको वडा अध्यक्ष गुरुङले  बताए ।

वडाध्यक्ष गुरुङ र वडामा कार्यरत कर्मचारीहरुको आइतबार स्वाब संकलन गरि लगिएको थियो । त्यस मध्ये एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.