www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका ४ सहित गण्डकीका ८ जनामा कोरोना पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका ३ जिल्लाका सो ब्यक्तीहरुहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ५ र वडा नम्बर ३० का ११ वर्षीय बालक र ३० वर्षीय पुरुषमा र वडा नं ५ र १७ का ३८ र ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै तनहुँका २ जना र बागलुङका २ मा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशका कुल संक्रमित संख्या १ हजार ६ सय ३१ पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.