www.tandavnews.com
Fact ~ In search of truth

राखेपले माग्यो बक्सिङ संघका अध्यक्षसँग आर्थिक विवरण

काठमाडौं ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघका अध्यक्ष अवालेलाई संघका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाएका हुन् ।

अध्यक्ष अवालेले बक्सिङ संघलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराएका थिए ।

Batas

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन् ।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकारेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.