www.tandavnews.com
Fact ~ In search of truth

थप चार जनाको मृत्यु, ६३८ जनामा सङ्क्रमण पुष्टि

नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ। अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा १७१ निको भएका थिए।

विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।

Batas

मन्त्रालयले सोमवार ३३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाण्डू जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

 

बीबीसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.