www.tandavnews.com
Fact ~ In search of truth

मनोज चौहानको ‘अवैध धन्दा’, मौन महानगर

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पछिल्लो समय निकै विवादमा रहेका विराटनगरका मनोज चौहानको ‘अवैध धन्दा’को खुलासा भएको छ । आकृती एड्भर्टाइजिङको नामबाट यात्रु बस प्रतिक्षालय निर्माण गर्ने र त्यसमा विज्ञापन हाल्ने ठेक्का पाएका चौहानले कानुनलाई नै लत्याएर अवैध काम गरे ।

स्रोतका अनुसार चौहानले सार्वजनिक सूचनामा उल्लेख भएको भन्दा १८–२० वटा बढी प्रतिक्षालय बनाएका छन् । एउटा प्रतिक्षालयको वार्षीक महानगरपालिकामा ४० हजार बुझाउँछन् भने चौहानले न्यूरोड क्षेत्रमा एउटा प्रतिक्षालयमा विज्ञापन हाले वापत बैंकका विज्ञापनदातासँग ६ लाख देखी १० लाखसम्म लिएको पाइएको छ । त्यही क्षेत्रमा कुनै विज्ञापनदातासँग भने २ देखी ३ लाख पनि चौहानले लिने गरेका छन् ।

Batas

तत्कालिन उपमहानगरपालिकाले २०७३ पुस २५ गते सार्वजनिक आव्हान गरेको सूचनामा उल्लेख भएको प्रतिक्षालयको संख्या भन्दा धेरै प्रतिक्षालय निर्माण गरेर विज्ञापन मार्फत अवैध कमाउ धन्दाको बाटो रोजेका हुन् ।

सार्वजनिक सूचनामा २० वटा प्रतिक्षालय उल्लेख छ, तर तत्कालिन उपमहानगरपालिकाले २०७३ माघ १४ गते गरेको सम्झैतामा ३० वटा प्रतिक्षालय निर्माण गर्ने उल्लेख छ ।

सम्झौता पत्र

त्यति मात्र होइन चौहानले ३७ देखी ४० वटा प्रतिक्षालय निर्माण गरेको महानगर स्रोतले बतायो । ‘त्यो बेला तत्कालिन उपमहानगरपालिकाका केही कर्मचारी नै चौहानको जाड पार्टीमा सहभागि भएर यस्तो काम भएको हो,’ स्रोतले भन्यो, ‘चौहानको कमाउ धन्दा चलाउन केही कर्मचारीले मोटो रकम बुझेका थिए । चौहानको कारण यति बेला महानगरलाई ठूलो दाग लाग्ने काम भएका छन् । जाड पार्टी खाएका केही कर्मचारीहरुको सहयोगमा चौहानलाई सजिलो बनाउन सम्झौतामा धरौटी रकम पनि राखिएन । होर्डिङ वोर्ड, सोलार पोल, प्रतिक्षालय सबै काममा बदमासी गरेको छ, चौहानले । सोलार पोल काण्डले त पोखरा उद्योग वाणिज्य संघ नै अख्तियारको फन्दामा पर्ने भएको छ ।’

पछिल्लो समय अवैध प्रतिक्षालयलाई रातारात निकाल्न चौहान लागि परेको छ ।

नयाँबजारस्थित प्रतिक्षालय निकालिएको स्थल । निकालिएको सामाग्री त्यहि छेउमा राखिएको छ ।

सम्झौता अनुसार चौहानले एउटा प्रतिक्षालय वापत महानगरलाई वार्षिक ४० हजार बुझाउनु पर्छ । तर अहिले चौहानले एउटा प्रतिक्षालयबाट विज्ञापनदाताबाट वार्षिक न्यूरोड क्षेत्रमा ९ देखी १० लाख रुपैयाँ उठाउने गरेको विज्ञापनदाताले नाम नखुलाउने सर्तमा ताण्डव न्यूजलाई जानकारी दिए ।

यसरी अवैध प्रतिक्षालय बनाउदा पनि पोखरा महानगरपालिकाले कुनै कारवाही अघि बढाएको छैन । कतिवटा प्रतिक्षालय छन् भनेर महानगरलाई थाहा नै नभएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । ‘हामीले जानकारी पाएका छौँ अनुगमनको लागि खटाउछाैँ ,’ उनले भने, ‘कति वटा छन् भन्ने कुरा एक हप्ता भित्र जानकारी आउँछ ।’

यस विषयमा बुझ्न फोन सम्पर्क गर्दा चौहानको फोन अफ थियो ।

सम्बन्धीत न्यूज

‘विराटनगरका चौहानले टेर्दैनन् पोखरा उद्योग वाणिज्य संघलाई’, ६० लाख रुपैयाँ खै ?

चौहानकै चङ्गुलमा महानगर !

होर्डिङ होयक्स !

डिजिटल विज्ञापनको नाममा व्यक्ति पोस्दै पोखरा महानगर

छायाँ एड्भरटाइजिङले गुण्डागर्दी शैलीमा रकम उठाउँदै

सम्बन्धीत भिडियो रिपोर्ट

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.