www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-६का संक्रमित ‘कोठामै बसिरहेका थिए’, १६ का संक्रमित ‘कार्पेन्टर’

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा ६ र १६का ब्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखरा ६ बैदामका संक्रमित ‘कोठामै बसिरहेका ब्यक्ति’ रहेको वडाध्यक्ष जगत बहादुर पहारीले बताए । उनले भने ‘यहाँका संक्रमित अर्को होटलमा जाने भनेर काम गरिरहेको होटल छोडेको भन्ने पनि आएको छ । उहाँलाई आइसोलेसनमा लगिसकिएको छ । उहाँको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजपड्ताल सुरु भएको छ । ट्राभल हिस्ट्री देखिएको छैन।’

Batas

यस्तै पोखरा १६मा संक्रमण पुष्टि भएको ब्यक्ति कार्पेन्टर भएको पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए । ‘उहाँको घर काठमाडौँ रहेछ । तर यहि बस्नुहुन्छ । कार्पेन्टर भएको बुझ्न आएको छ, थप जानकारीका लागि हामी लागिपरेका छौँ’ अधिकृत आचार्यले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.