www.tandavnews.com
Fact ~ In search of truth

चौहानको बोलपत्र बल्ल रद्द, ६ महिना किन कुर्‍याे महानगरले ?

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले मनोज चौहानको आकृति एड्भर्टाइजिङ प्रालि विराटनगरको बोलपत्र अस्वीकृत(रद्द) गरेको छ । पोखरा महानगरपालिका क्षेत्रमा राखिएका र राखिने विभिन्न प्रकारका फुटकर विज्ञापन कर संकलन सम्बन्धमा २०७६/९/२८ को सूचना अनुसार आकृतिले सबैभन्दा बढी कर बाहेकको रकम ९१ लाख ४८ हजार ५ सय कबोल अर्थात टेन्डर पारेको थियो ।

टेन्डर पारेको ६ महिनासम्म पनि किन महानगर प्रशासनले चौहानलाई कुरेर बस्यो भन्नेमा आशंका उब्जीएको छ । सामान्यतया टेन्डर पारेको केही दिन भित्र सम्झैता गर्नुपर्छ नत्र रद्द गरी धरौटी रकम जफत हुन्छ र दोस्रो बढी कबोल गर्नेलाई समय तोकेर सम्झैता गर्न बोलाइन्छ ।

Batas

पछिल्लो समय सबै टेन्डरमा विवादको विउको रुपमा रहेका चौहानलाई महानगर प्रशासनले संरक्षण गरेको प्रष्ट हुन्छ । महानगर स्रोतका अनुसार पटक पटक चौहानलाई सम्झौता गर्न बलाउँदा समेत अटेर गरे । ‘चौहानले लकडाउनको वहाना देखाएका छन्, जब की उनले टेन्डर पारेको करिब २ महिनापछि लकडाउन सुरु भयो,’ स्रोतले भन्यो, ‘जब कि टेन्डर प्रक्रिया अघि बढेर सम्झौता गर्दा चौहानलाई कुनै घाटा हुदैन थियो । लकडाउनको बेलाको त छुट हुने व्यवस्था समेत मिलाउन सकिन्थ्यो । अहिले आएर ठेक्का रद्द हुदा पनि शंका मान्नु पर्ने छ, कतै चौहानकै अर्को कुनै खेल सुरु भएको त छैन् ? चौहानले केही कर्मचारीलाई हातमा लिएर नयाँ जाल बुन्न पनि सक्छ नत्र पछिल्लो समय यति धेरै काण्ड आउँदा समेत चौहानलाई केही गर्न सकेको छैन, महानगर प्रशासनले ।’

चौहानको आकृती एड्भर्टाइजिङ प्रालिको बोलपत्र अस्वीकृत भएपछि महानगर प्रशासनले सूचना जारी गर्दै दोस्रो बढी कबोल गर्ने फर्म पोखरा साइनएज प्रालि पोखरासँग सम्झौता गर्ने भनी सूचना जारी गरेको छ । सूचना अनुसार आजको १५ दिन भित्र कर वाहेक कबोल गरेको ८७ लाख ५० हजार मध्ये प्रथम किस्ता वापत २१ लाख ८७ हजार ५ सय र सो को १३ प्रतिशत मू.अ.कर आन्तरिक राजश्व कार्यालयमा दाखिला भौचर र बाँकी रकम ६५ लाख ६२ हजार ५ सय बराबरको १३ महिना समयावधि रहेका बैंक ग्यारेन्टी वा नगदै लिई सम्झौताको लागि उपस्थित हुन अनुरोध गरेको छ । तोकिएको समय भित्र उल्लेखित विवरणसहित सम्झौता गर्न नआएमा त्यस फर्मले राखेको धरौटी रकम जफत गरी नियमानुसार कारवाही अगाडी बढाइने जनाएको छ ।

सूचना हेर्दा पहिलो टेन्डर पार्ने चौहानलाई ६ महिना अवधि दिने दोस्रो पार्ने पोखरा साइनएजलाई पेलेको देखिएको महानगरका एक कर्मचारीले बताए । ‘चौहानलाई हाम्रौ केही साथीहरुले संरक्षण गरेका छन्,
त्यही भएर उसले मनोमानी गर्छ,’ स्रोतले भन्यो, ‘नत्र यति महिना पछि रद्द गर्ने हो ? ३५ दिन भित्र नआएपछि रद्द गर्नु पर्ने होइन ? हुन त यस सम्बन्धी कुनै नियमावलीनै तयार भएको छैन् । यस सम्बन्ध नयाँ नियमकानुन बनाउनु बाँकी छ । यस्तो बेला व्यवसायीले कसरी सम्झौता गर्न आउनु सक्छ ? फेरी २१ लाख रुपैयाँ भन्दा धेरै कसरी जोहो गर्छन् ?’

सम्झौता गर्न बोलाउदा नआएपछि रद्द गरेको पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेलले बताए । ‘यति समय किन लाग्यो रद्द गर्न’ भन्ने प्रश्नमा भरतले भने, ‘लकडाउनका कारणले गर्दा आउछु आउछु भनेर आएनन् ।’

सम्बन्धीत न्यूज

मनोज चौहानको ‘अवैध धन्दा’, मौन महानगर

‘विराटनगरका चौहानले टेर्दैनन् पोखरा उद्योग वाणिज्य संघलाई’, ६० लाख रुपैयाँ खै ?

चौहानकै चङ्गुलमा महानगर !

होर्डिङ होयक्स !

डिजिटल विज्ञापनको नाममा व्यक्ति पोस्दै पोखरा महानगर

छायाँ एड्भरटाइजिङले गुण्डागर्दी शैलीमा रकम उठाउँदै

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.