www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई स्वास्थ्य प्रोटोकल प्रशिक्षण

पोखरा ।

कोभिड –१९ जोखिमका समयमा पनि सञ्चालनको तयारीमा जुटेका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीले स्वास्थ्य सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण दिएको छ ।

नाट्टा गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा सञ्चालित तालीमलाई तीन चरणमा विभाजन गरेर १२० जनालाई सहभागी गराइएको संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।

Batas

बन्दाबन्दी खुलेसँगै सञ्चालनको तयारीमा जुटेका सञ्चालकलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलसम्बन्धी विधि र प्रक्रियाका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको संयोजक एवं सचिव संगीता पौडेलले जानकारी दिए ।

प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य संगठनका गण्डकी प्रदेशका प्रतिनिधि डा .राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए भने पर्यटन व्यवसायी समिर बरालले कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा प्रस्तुति राखेका थिए।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रसम्बद्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकलसम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनका अनुसार हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.