www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्यमा ६ हजार २०० ले गिरावट

काठमाडौं ।

नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० ले घटेको छ ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २१० निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला ८०० ले घटेको थियो ।अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँसत एक हजार ८९०.५५ डलरमा झरेको छ ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.