www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ काण्ड : कारवाही गर्ने कि नगर्ने ? महानगरको हातमा

पोखरा
ताण्डव न्यूज ।

बाटो समितिको फाइल अघि बढाउन पैसाको बार्गेनिङपछि समिति अध्यक्षलाई धम्की दिएका पोखरा–२१ का वडासदस्य रामबहादुर गुरुङमाथी पोखरा महानगरपालिकाले छानविन गर्ने भएको छ ।

वडासदस्य गुरुङले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि वाटो समितिका अध्यक्षलाई धम्काएको अडियो ताण्डव न्यूजले शनिबार समचारसहित सार्वजनिक गरेको थियो । घटना सार्वजनिक भएपछि वडाध्यक्ष खगराज आचार्यले वडामा आइतबार बैठकको लागि पत्रचार गरे । सोमबार बैठक बसे तर सदस्यलाई कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट निर्णय आएन । परिस्थितीलाई हेर्दै बैठकले घटनाबारे छानविन गरि कारवाही प्रक्रिया अघि बढाउन पोखरा महानगरपालिकालाई मंगलबार पत्रचार गर्यो ।

Batas

सोही अनुसार महानगरले आज (बुधबार) ३ सदस्यीय छानविन समिति बनाएको छ । समितिले घटनाको बारेमा बुझेर १५ दिन भित्र घटनाको सत्य तथ्य पेश गरेपछि मात्र कारवाही हुने कि नहुने महानगरले बतायो ।

छानविनको लागि महानगरमा पत्र पठाएको वडाध्यक्ष आचार्यले बताए । ‘मैले बैठक बलाएर कुरा पनि गरे,’ उनले भने, ‘वडाध्यक्षसँग सदस्यलाई कारवाही गर्न सक्ने अधिकार रहदैन, अब घटना बारे जे महानगरले गर्छ त्यो नै अन्तिम निर्णय हो ।’

सम्बन्धीत न्यूज

अडियो लिक भएपछि पोखरा-२१ का वडा सदस्य गुरुङको धम्की ‘तिम्रो फेमिलि उडाइदिन्छु’

पोखरा-२१ काण्ड : ‘निस्पक्ष छानविन हुन्छ’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.