www.tandavnews.com
Fact ~ In search of truth

बहुप्राविधिक शिक्षालयको नेतृत्वमा तिमिल्सिनाको सम्भावना , स्वकीय सचिवबाट राजिनामा

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले राजिनामा दिएका छन् । तिमिल्सिनाको राजिनामा आज (बुधबार) प्राप्त भएको महानगरका प्रमुख प्रशासकिय अधिकृत महेश बरालले जानकारी दिए ।

पोखरा महानगरले सञ्चालन गर्ने बहुप्राविधिक शिक्षालयको निर्देशक छनौट सिफारिसको लागी समिती बनेको छ । समितिबाट सिफारिस हुने प्रकृयामा सहभागी हुन तिमिल्सिनाले राजिनामा दिएको हुन सक्ने स्रोतले बतायो । ‘भौतिक शास्त्रमा स्नातकोत्तर गरेका तिमिल्सिना पहिले पनि प्राध्यापन गरेका हुन् । प्रमुख ज्यूको स्वकिय सचिव रहेर तथा महानगरको अन्तराष्ट्रिय सम्बन्ध समन्वयकर्ताको महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेको भएर पनि उहाँको कार्य सम्पादन चुस्त रहने विश्वासका साथ निर्देशनालयको नेतृत्वको लागि सिफारिस समितिबाट सिफारिस हुन सक्छ’ स्रोतले बतायो ।

Batas

शिक्षालय सञ्चालक समितिको पदेन अध्यक्ष पोखरा महानगरपालिकाको प्रमुख हुने ब्यवस्था छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.