www.tandavnews.com
Fact ~ In search of truth

ठेकेदार भर्सेस महानगर : ११ करोड उठाउन पोखरा महानगरले ठेकेदार विरुद्ध मुद्दा हाल्ने

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

ठेकेदारहरुले लकडाउनको समस्या देखाउदै राजस्व तिरेनन् । पोखरा क्षेत्र भित्र पर्ने घाट ठेक्का लिएका ठेकेदारहरुले बेलैमा राजस्व नतिरेपछि पोखरा महानगरपालिकाले बैंक ग्यारेन्टी जफत गर्ने कदम चाल्यो ।

बैंकलाई जमानत जफतकालागि पत्र समेत महानगरले पठायो । त्यसपछि सबै घाटका ठेकेदार मिलेर महानगर विरुद्ध अदालत गुहारे । उनीहरुले सर्वोच्चमा रिट दायर गरे । अदालतले कोरोनाको बेला भन्दै ठेकेदारहरुको जमानत जफत गर्ने कार्य रोक्न महानगरलाई आदेश दियो ।

Batas

हुन पनि ठेकेदारहरुको गुनासो भनेकै लकडाउनको बेला काम गर्न नपाएको भन्ने हो । तर महानगरले भने राजस्व उठाउन कडा निर्णय लिने भएको छ । महानगर स्रोतको अनुसार ठेकेदारहरुले लकडाउनको बेला काम गरेको पाइएको छ ।

विभिन्न ठेकेदारहरुको झण्डै ११ करोड रुपैयाँ जमानत जफतको तयारीमा महानगर लागि परेको स्रोतको भनाई छ । ‘बैंक जमानत जफतका लागि पोखरा महानगरले सर्वोच्चमा मुद्दा हाल्ने तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘काम गर्न नपाएको भन्दै ठेकेदारले रिट हालेपछि जमानत जफत नगर्न सर्वोच्चको अन्तरिम आदेश आयो । काम हुँदै नभएको त होइन नि, यहिँका स्थानियहरुले पनि देखिरहेका छन् ।’ कतिपय ठेकेदारहरुले त्यो बेला बिल काटेर नै नदिजन्य समाग्री बेचेको पाइएको स्रोतले जनायो ।

‘अब महानगरले ठेक्का पारेको कम्पनीले बुझाएको अडिट रिपोर्ट हेर्ने होला, लकडाउनको बेला काटेको बिल पेश गरेकोको छ कि छैन् भनेर,’ स्रोतले भन्यो, ‘राजस्व नबुझाउने ठेकेदारहरुको बठ्याइँ हुनसक्छ । महानगरले उठाउनुपर्ने राजस्व जसरी पनि उठाउँछ । हामी अदालतकै प्रक्रियाबाट अघि बढ्दैछौँ ।केही दिनमा मुद्धा हाल्दैछौँ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.