www.tandavnews.com
Fact ~ In search of truth

अस्पतालमा कोरोनाका संक्रमितले पानी पनि खान पाएनन् , गैरजिम्मेवार निर्देशक शर्मा

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका लेखनाथमा रहेको अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ । अहिले त्यहाँ २२ जना संक्रमित छन् । प्रदेश सकारले बनाएको सो अस्पतालको आइसोलेसन वार्डमा संक्रमितले अमानविय ब्यवहार भयो भनेर फोन मार्फत ताण्डव न्यूजलाई जानकारी दिए ।

कोरोना बिरामीलाई अन्य सेवा सुविधा त परै जाओस् खानेपानी नपाएर छट्पटाइरहेको गुनासो गरेका छन् । त्यति मात्र होइन खानपान, शौचाल लगायत समस्या देखिएको बिरामी बताउछन् । आफूहरुले पानी किनेर खान्छु भन्दा समेत अस्पतालले नदिएपछि बाध्य भएर उनीहरुले आफ्न्त र मिडिया गुहारेका छन् ।

Batas

त्यहाँ कोरोनाका मात्रै बिरामी छैनन् , कोरोना संक्रमित मध्ये केही ६० वर्ष नाघेका, सुगर लागेका त कहि प्रेसरका बिरामी पनि छन् । समयमा औषधी खान त परै जाओस् खानपानमै ठूलो समस्या रहेको बताउँछन् ।
यता पोखरामा कोरोना आउनु अघिदेखी नै अस्पताल र सबै कुराको राम्रो व्यवस्था भएको बताएका थिए कोरोना रोकथाम तथा नियन्त्रणको प्रदेशकै जिम्मा पाएका स्वास्थ्य निर्देशनायल गण्डकी प्रदेशका प्रमुख बिनोद विन्दु शर्माले ।

तर अहिले यस्तो अवस्था आउँदा समेत शर्माको जिम्मेवारी राम्रो नदेखिएको अस्पतालका एक कर्मचारीले बताए । यस विषयमा बुझ्न ताण्डव न्यूजले शर्मालाई दर्जनौ पटक फोन गर्दा समेत उठाएनन् । ‘एक इटरभ्युमा छु’ भनेर मेसेज पठाएका शर्मा दुई दिन ताण्डव न्यूजले फोन गर्दा समेत उठाएनन् ।

यस्तै हर्कतले यस अघि पनि उनलाई कारवाही गर्नुपर्छ भन्दै गुनासो समेत आउदा अझै उनी नसुध्रीएको स्रोतको भनाई छ ।  ‘शर्मा राजनीतिक शक्तिकै आडमा आएको हुनाले कसैसँग डराउदैनन्’ स्रोतले भन्यो, ‘आफ्नो मनपरी तरिकाले काम गर्छन, उनीसँग न अस्पताल प्रशासन खुशी छन् न त कर्मचारी नै । उनी गैरजिम्मेवार छन्, कोरोना संक्रमितले पानी खानै पाएनन् भन्ने कुरा सार्वजनिक हुनु भनेको पोखरा मात्र होइन सिङ्गो गण्डकी प्रदेशके बेइज्जत हो । यस्तो अमानविय घटना हुँदा शर्माले नैतिकताले राजिनामा दिनु पर्दैन् ?’

आइसोलेसनमा रहेका कोरोना संक्रमित ब्यक्तिले गरेको गुनासो जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौँ

संक्रमित नं १

अहिले सम्म चार दिन भयो कोही डाक्टरसाब पनि आएका छैनन् । कोही सिस्टर नि देख्या छैनन् । एउटा बेड र तकिया छ । एउटा मुख ढाक्ने कुरा छैन । नुहाउन धुवाउनको लागि व्यवस्था छैन । ट्वाइलेट, बाथरुम एउटै छ । एउटा लेडिज र एउटा जेन्सलाई छ । मुख ढाक्नलाई एउटा सल केही हुन पर्नी केही छैन । कम्मल सम्मल त परेन गर्मीको समयमा । पानीको समस्या छ हजुर हिजो, अस्ति आज बिहान सम्म । हामी पानी किनेर खान्छम भन्दा पनि कोले ल्याइदिन्छ हामी जान्नम् भन्छ डियुटीवालाले । पानी माग्दा धाराको पानी खानुस् भन्छ ।

धाराको पानी एकदम मैलो छ । हिजो राती १२ बजे आएका ९, १० जना छन् । उनीहरुले एक गिलास पानी पनि पाएनन् । नौ बजे एउटा अण्डा दिन्छ । १२ बजे भन्दा पहिला खाना हुन्न । जो मान्छे तन्दुरुस्त छ त्यो मान्छे त गएर लिएर खान सक्छ । हिड्न नसक्नेहरुलाई समस्या छ । हामी तीन तला माथि छम। खाना ग्राउन्ड फ्लोरमा छ । एउटा प्लास्टिकमा प्याकिङ गरेर राख्देको हुन्छ खाना । त्यो खाना लिएर फेरि तीन तला माथि गएर खानुपर्छ । एउटा ८८ वर्षको आमा हुनुहन्छ ह्ँया । तेस्तो वृद्ध आमाहरु खाना लिन जान सक्ने हुनुहन्न ।

यहाँ विभिन्न अन्य रोग लागेका मानिसहरु पनि छन् । मेरै श्रीमतीलाई सुगर छ । त्यसैले रोटीको डिमाण्ड गर्दा दिदैँन । उनीहरुले जे दिन्छन त्यही नै खानुपर्ने हुन्छ । पानी तताएर खा भन्छन् । एउटा मात्र किट्ली राख्देको छ । एउटा किट्ली कत्तिलाई तानातान हुन्छ । खानको लागि चम्चा, गिलास छैन । हामीले पैसा तिरेर किनेर खान्छम् ल्याइदेउ न त भन्दा त्यस्तो हुन सक्दैन भन्छन् । यहाँ टेबुलमा राती केही पर्दाको लागि भनेर टेलिफोन राख्देको छ । ज्वरो नाप्ने , प्रेसर नाप्ने के के राख्देको छ । आफुले जानिन्नँ ।

संक्रमित नं २

यहाँ, प्रेसर नाप्ने, ज्वरो नाप्ने राख्देको छ । त्यो आफैले नापेर भन्ने हो । त्यो ९० वर्षको बुढाबुढीलाई के था । हामी ६० वर्षको मान्छेलाई त था हुदैँन । ६० कटेका ३ जना हुनुहुन्छ यहाँ । बस्नको लागि यत्तिको ठिकै हो । हामी होटेलमा बसेको होइन ।यत्तिमात्र हो हामले पानी खान नपाउँदा हामीमा आक्रोश आएको हो । किनेर खान्छु भन्दा नि नपाउनी । त्यही भएर हामले रिर्पोट गरेको हो ।

 

“हामीले सक्ने व्यवस्था गरेका छौँ”

डा. त्रिभुवन भण्डारी
मेडिकल सुपरिटेन्डेन्ट, संक्रमण तथा सरुवा रोग अस्पताल

यहाँ अहिले कति जना संक्रमित रहेका छन् ?

यहाँ अहिले २२ जना कोरोना संक्रमित आउनु भएको छ । २२ जना संक्रमित पोखराका विभिन्न वडाहरुबाट यहाँ आउनुभएको छ ।

कति उमेर समुहका संक्रमित छन् ?

यहाँ १९ वर्षदेखि ८५ वर्ष सम्मका संक्रमितहरु रहनुभएको छ ।

पानी पनि खान पाएनौ भनेर संक्रमितले भनिरहेका छन् नी ?

अहिले हामीले कसरी व्यवस्थित गरेका छौ भने माथिल्लो तलामा हामीसँग २० वटा बेड छ । त्यसभन्दा मुनि १४ वटा बेड छ । हामीले त्यसलाई आइसोलेसनको रुपमा राखेका छौँ । अहिले हामीले खाना र खाजाको व्यवस्था दिनमा ४ पटक नियमित प्रदान गरिराखेका छौँ ।

डब्लु आर एच, पोखरा विज्ञान प्रतिष्ठानमा ४० वटा बेड छ । त्यहाँ विशेषज्ञहरु हुनुहुन्छ ।सम्पुर्ण टिमहरु छ । यहाँ हामीले अहिले मेडिकल अधिकृतको नेतृत्वमा ४ जना अब्जरवेशनका लागि छौँ ।
संक्रमितको लागि मिनरल वाटर र जारको पानीको व्यवस्थ गरेका छौँ । सुरुवाती चरणमा खानेपानीको समस्या अलिकति देखिएको होला । तर हामीले उहाँहरुलाई खान, बस्नको लागि हामीले सक्ने व्यवस्था गरेका छौँ ।

त्यस्तो हैन, जारको व्यवस्था गर्दा जार ठिग्ग्रीने समस्या हुन्छ ।हामीले अहिले विभिन्न सम्बन्धितकर्तासँग समन्वय गरेर पानीको समस्या नहुने गरि दिर्घकालीन व्यवस्थित गर्ने भएका छौँ । खानेपानीको लागि हामीले पुर्याउने बेलामा कमी भए होला । हामीले हामीसँग स्टक पनि छ जार हामीले उहाँहरुलाई प्रोभाइड गराइराखेका छौँ । हामीले जार र मिनिरल वाटर उहाँलाई उपलब्ध गराइराखेका छौँ ।

त्यहाँ हुने संक्रमितले चेकचाँजको लागि सामान राखिदिएको छ तर हामी जान्दैनौँ सक्दैनौ भन्छन् । यसमा के गर्ने ?

हामीले सिसिटिभिबाट मोनिटरिङ गरिराखेका छौँ । मेडिकल अधिकृतकै टिम हुनुहुन्छ । मेडिकल अधिकृत ,दुइ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीलाई हामीले संक्रमितको हेरचाहको लागि खटाएका छौँ । हामीले दिनको तीनपटक उहाँको ज्वरो नाप, एसपिओ टु, विपि जाँच गरिराखेका छौँ । भित्र रहनुभएका बिरामीसँग हाम्रो सम्पर्क भइराखेको छ । हिजो मात्रै वडा नम्बर १९ र ९ का वडाध्यक्षहरु पनि आएर हेरेर जानुभएको छ ।

कोरोना मात्र नभई अन्य रोगले ग्रसित बिरामी र वृद्धहरु नी छन् । उनीहरुलाई खानपिनको कस्तो व्यवस्था छ ?

वृद्ध बुबा आमालाई खाना लिनको लागि हामीले तल बोलाउँदैनौँ । हामीले त्यहा भएका मध्ये अलि जवानलाई टिम लिडर बनाइदिन्छौँ । उहाँले नै बुढाबुढी बा आमालाई सहायता गर्नुहुन्छ ।  सुरुवाती चरणमा घरमा बसीरहेको मान्छे एक्कासी अस्पताल आएर बस्दा उहाँलाई घरकै जस्तो सुविधा र कम्र्फट नलागेको हो । सुगर, प्रेसर भएका व्यक्तिहरुलाई हामी मेडिसन दिइराखेका छौ र प्रेसर मोनिटरिङ गरिराखेका हुन्छौँ । उहाँहरुको स्वास्थ्यमा हामीले विशेष ध्यान दिइराखेका छौँ ।

यस्ता बिरामीको हकमा खानेकुरा जसले हामीलाई सप्लाई गरिराख्नु भा छ उहाँसँग हामीले प्रत्यक्ष फोनमा कुरा गराइदिएका छौँ । बिरामीको आ–आफ्नो इच्छा हुन्छ उहाँहरुको इच्छालाई हामीले बुझिदिनुपर्छ । हामीले त्यस्ता बिरामीको लागि प्रबन्ध गरिसकेका छौँ । हामीकहाँ आउने संक्रमितको सेवाका लागि हामी पछि पर्नुहुदैँन भन्ने हाम्रो मान्यता छ । त्यसैले हामी कहाँ रहनुभएका संक्रमितको गुनासो सम्भव भएसम्म अस्पतालबाट, नभए माथिल्लो निकायसँग समन्वय गरिराखेका छौँ ।

सम्बन्धीत भिडियो

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.