www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमित १६ सय ८२, निको हुनेको संख्या १५ सय ९

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६सय ८२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १ जना संक्रमित थपिएका हुन् ।

संक्रमित तनहुँ जिल्ला, व्यास नगरपालिका –१ की ६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लगिएको छ ।

Batas

पछिल्लो २४घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा कुल ८३० जनाको नमुना परिक्षण भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ जनाको नमुना परिक्षण गरिएको छ । यो सँगै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८६९ जनाको नमुना परिक्षण गरिएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १५ सय ९ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.