www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी : पहिरोले मंगलाघाटका दर्जन घरमा क्षती

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका ७ मंगलाघाटमा शुक्रबार राती परेको अविरल वर्षा सँगै बाढी आउँदा एक दर्जन घरमा क्षती पुगेको छ । राती ११ बजे सत्य साइबाबाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका हिक्मत शेरचन, गकुल केसी, रुद्र बहादुर सुनार, याममाया पुन, चित्र कुमारी गौचन, जिवन सापकोटाकोे साथै अन्य घरमा पनी क्षती पुगेको र विवरण संकलन हुदै गरेको मंगलाघाट प्रहरी बिटका हवल्दार पाल बहादुर सोमे मगरले जानकारी दिए ।

बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट खसेपछि पानीले बाढीको रुप लिएको हो । राती ११ बजे नै स्थानीयवासीहरुले सत्यसाइवावाको माथिबाट आएको भललाई तर्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको मंगलाघाटका स्थानीय नबराज पौडेल बताए ।

Batas

उनका अनुसार रातभरी स्थानीयले बाढी तरकाउन खोजे पनी एकै पटक ठूलो आएका कारण क्षती पु¥याएको हो । पहिरोले सत्यसाइबाबाको भवन नजिक रहेका दुईघर जोखिममा परेका छन् । बेनी पाखापानी सडकमा जम्मा भएको पानीले बाढी र पहिरोको रुप लिएको उनले बताए । बाढीका कारण बेनी पाखापानी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीले जिवन सापकोटाको ग्यारेज, राजु केसीको घरमा रहेको खाद्यान्न, र कस्मेटीक पसलमा समेत क्षती पुगेको छ ।

तीस्वर : अनिल पौडेल

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.