www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव फलोअप : ‘अहिले अस्पतालले राम्रो व्यवस्था गरेको’ भन्दै संक्रमितद्धारा खुशी व्यक्त

पाेखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ मोहरीयामा रहेको अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि अहिले राम्रो ब्यवस्था गरेको छ । बिरामीले पानी समेत खान नपाएको समाचार आएपछि अहिले निकै राम्रो सुधार गरिएको हो । अहिले सुधार भएपछि आफुहरुमा छुट्टै उर्जा र आत्मबल बढेको बिरामीले बताए ।

अहिले अस्पतालले निकै राम्रो व्यवस्था गरेको भन्दै बिरामीले ताण्डव न्यूजसँग फोन मार्फत खुशी व्यक्त गरे । ‘आएको तीन दिनसम्म त नर्क नै आएजस्तो भएको थियो, न पानी खान पाइन्थ्यो न त सुगर बिरामीले रोटी नै खान पाएका थिए,’ बिरामीले भने, ‘पहिला एउटा मात्र पानी तताउने भाडा थियो, दिन भरीमा क–कसले खाने ?भन्ने पिर हुन्थ्यो, अहिले तातो चिसो दुवै पानी आउने मेसिन र पाँच वटा पानी तताउने भाँडा पाएका छौ । सुगर बिरामीले पनि रोटी खान पाएका छन् । त्यति मात्र होइन अहिले कास्तो छ, भनेर फोन मार्फत सोधपुछ पनि हुन थालेको छ । हामी निकै खुशी छौँ । ’

Batas

लेखनाथ अस्पतालमा अहिले २२ जना बिरामी रहेको मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवन भण्डारीले बताए । ‘हामी हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौ, सबै विरामीलाई राम्रोसँग निको पारेर घर फर्काउने छाँै,’ उनले भने, ‘कुनै कुरामा कमिकम्जोरी अब रहँदैन् । बिरामीकै लागि भनेर मेडिकल अधिकृतहरु दिनरात खटिनु भएको छ ।’

सम्बन्धीत न्यूज

अस्पतालमा कोरोनाका संक्रमितले पानी पनि खान पाएनन् , गैरजिम्मेवार निर्देशक शर्मा

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.