www.tandavnews.com
Fact ~ In search of truth

पिस सिभिकद्धारा वृक्षारोपण

पोखरा ।

लायन्स क्लव अफ पोखरा पिस सिभिकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले हिजो(शनिबार) पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

क्लवले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम आयोजना गरेको सचिव बिकास प्रसाद कंडेलले जानकारी दिए ।रामचन्द्र तिवारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अशोका, धुपी, कपुर, अमला, तेजपत्ता, बिरेन्द्र फूल लगायतका प्रजातीका ६० वटा बिरुवा रोपिएको क्लवले जनाएको छ ।

Batas

कार्यक्रममा पोखरा महानगरपालिका ३१ का वडा सदस्य पुर्णाखर पाण्डे, आनन्द ज्योति माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रुद्रनाथ अधिकारी, क्लवका डिपार्टमेन्ट चिफ टिकाराम सापकोटा, कलस्टर प्रमुख पबित्रराज तिवारीको लगायतको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष किरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बिकास प्रसाद कंडेलले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.