www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकीमा संक्रमित १७२१, निको हुनेको संख्या १५२७

पोखरा,

ताण्डव न्यूज।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय २१ पुगेको छ । आज मध्यान्न सम्म आइपुग्दा प्रदेशभरि १८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

बिहान ६ जना संक्रमित थपिएकोमा त्यसपश्चात ९ त्यसको केही घण्टामै ३ संक्रमित थपिएका हुन् । पछिल्लो जानकारी अनुसार नवलपरासीका २ जना पुरुष र पर्वतका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का २ पुरुष ,३२ की एक महिला,२८ र २६ वडाका एक÷एक पुरुष, वडा नम्बर १६ का २ महिला,२ पुरुष, ५ की एक महिला र तनहुँका २ महिला र ३ पुरुष रहेका थिए ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणलाई जितेर घर फर्किनेको संख्या हाल सम्म १५ सय २७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.