www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभा बैठक ९ गते सम्मका लागि स्थगित

पोखरा ।

गण्डकी प्रदेश सभाको बैठक भदौ ९ गते सम्मका लागि स्थगित भएको छ । आज सोमबारको बैठक पनि नेपाली काँग्रेसका सांसदहरु उठेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।यस अघि हिजो आइतबारको बैठक पनि काँग्रेस सांसदले अवरुद्ध गरेका थिए ।

काँग्रेस सांसदको अवरोध पछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक भदौ ९ गते सम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

Batas

काँग्रेस सांसदले कोरोना नियन्त्रणसँग सम्बन्धित एक घर एक पिसीआर, आइसोलेसनको सुधार, क्वारेन्टिनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको माग, कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको उचित व्यवस्थापनको माग गर्दे प्रदेश सभा बैठक अवरोध गर्दै आइरहेका छन् ।

काँग्रेस सांसदले माग पुरा नभएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.