www.tandavnews.com
Fact ~ In search of truth

देशभर ५८१ जना कोरोना संक्रमित थपिए, थप ३ को मृत्यु

काठमाडौँ ।

देशभर आज ५८१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ निको भएका छन् ।

यसैबीच कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.