www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४ सहित गण्डकीमा आज थपिए ९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदशमा कोरोना सक्रंमितको संख्या १७६५ पगुेको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित नवलपरासी जिल्ला, कावासोती नगरपालिकाका –२ का ३५ वर्षीय पुरुष रहेका छन् ।

Batas

यसअघि पोखरा महानगरका ४ सहित गण्डकी प्रदेशमा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको थियो । संक्रमित हुनेमा पोखरा महानगरका २ महिला र दुई पुरुष, बागलुङका एक महिला र एक पुरुष , नवलपुर कावासोतीका २ महिला रहेका छन् । पोखराका संक्रमित २ पुरुष वडा नम्बर ६ का हुन् । २ महिला संक्रमित कुन वडाको भन्ने खुलेको छैन ।

गत २४ घण्टामा गण्डकी प्रदेशमा कुल ११८० नमुना परीक्षण भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा कुल १११९ नमुना परीक्षण भएको छ भने छ भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा ६१ नमुना परीक्षण भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका १६ का ८७ वर्षीय वृद्ध र तनहुँकी एक ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.