www.tandavnews.com
Fact ~ In search of truth

बतास ब्रदर्शद्धारा स्टायलिस्ट अपाचे आर टि आर २०० ४ भि पोखरामा लन्च

पोखरा,
ताण्डव न्यूज ।

टिभिएस मोटर कम्पनीको नयाँ स्टायलिस्ट अपाचे आर टि आर २०० ४भि को नयाँ २०२० संस्करण आज पोखरामा लन्च भएको छ ।

नयाँ स्टाइल, अत्याधुनिक सुविधा र रेसिङ्ग क्षमता भएको उक्त बाइक २०२० नयाँ संस्करण रिजनल लन्च अन्तर्गत गण्डकी धवलागिरीका लागि आधिकारीक बिक्रेता बतास व्रदर्शले आज सार्वजनिक गरेको हो ।

Batas

स्मार्ट सुविधाहरु भएकाले साथै तत्कालिन अवस्थालाई मध्यनजर गर्दै डिजिटल नेसनल लन्च पछि रिजनल लन्च अन्तर्गत उक्त मोटरसाईकल पोखराको टिभिएस शोरुममा आज सार्वजनिक गरेको हो ।

टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याती प्राप्त निर्माता कम्पनीद्धारा अत्याधुनिक प्रविधिको सुविधा सम्पन्न अपाचे आरटिर आर २०० ४ भि को नयाँ २०२० संस्करण सार्वजनिक भएकोे हो ।

नेपालमा टिभीएस मोटर कम्पनीद्धारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्राउने गरेको छ ।

टिभिएस अपाचे आरटिआर २०० ४भिको नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ । यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणाली मार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गल मोड साथै कल र एसएमएस अर्लट जस्ता आधुनिक सेवा जडान गरिएको छ ।

मोटरसाईकलमा एबिएस विथ आईएलपि ९ रियर व्हील लिफ्ट(अफ प्रोटेक्सन),फेदर टच स्टार्ट,रेडिएल टायर , एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र आधुनिक स्लिपर क्लच जस्ता सुविधा रहेकाले यो बाइक स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा रहेको छ ।

लन्चिङ कार्यक्रममा बोल्दै बतास ब्रदर्श प्रा.लिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले पोखरामा सुविधा सम्पन्न अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करण भित्राउन पाएकोमा खुसी व्यक्त गरे । ‘यो मोटरसाइकलले पोखरामा एविएस एवम् पावरफूल सुविधा भएको मोटरसाईकल मन पराउनेलाई खुसी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण बन्ने छ ’ , उनले विश्वास व्यक्त गरे ।

अपाचे आरटिआर २०० ४भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ । जसले ८५०० आरपएिममा २०.५ पिएस र ७००० आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल साइनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ ।

टिभिएसले विश्वका ६० भन्दा बढी मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि , शक्ति , सहजता र स्टायल मार्फत सन्तुष्ट बनाउँदै आएको छ ।

बतास ब्रदर्श प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले मोटरसाईकलको अनावरण गरेका थिए । लन्चिङ कार्यक्रम सोसियल डिस्टेन्स मेन्टेन गरि सम्पन्न गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.