www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : पर्स्याङमा सवारी दुर्घटना, एक प्रहरीको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पर्स्याङमा अनड्यूटी प्रहरीलाई ‘बोलेरो जिप’ले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ, एक जवान घाइते भएका छन् । गएराती ड्यूटिमा खटिएका मोटरसाइकलमा रहेका प्रहरीलाई करिब १ बजे जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा पाल्पा घर भएका प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको छ भने घाइते बर्दिया घर भएका डम्बर बहादुर थारुको उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । उनिहरु इलाका प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान हुन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.