www.tandavnews.com
Fact ~ In search of truth

मिडिया संकट : अन्नपूर्ण एफ.एम‍.का सिइओ श्रेष्ठले दिए राजीनामा

पोखरा
ताण्डव न्यूज ।

रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी निर्देशक (सिइओ) दीपेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् । पत्रकार महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठ, रेडियोमा कार्यरत समाचार प्रमुख आरजु विष्ट र अन्य विभागीय प्रमुखले संयुक्त रुपमा राजीनामा दिएका हुन् । स्रोतका अनुसार रेडियो सञ्चालन गर्न गाह्रो भएपछि कर्मचारी कटौतीको कुरा आएको हुनाले राजीनामाको अवस्था सिर्जना भएको हो ।

‘सिइओ श्रेष्ठलाई सञ्चालकले कर्मचारी कटौती गर्न आग्रह गरेका थिए’, स्रोतले भन्यो, ‘श्रेष्ठले कर्मचारी कटौती गर्न भन्दा स्वयंले जिम्मेवारी लिएर राजीनामा दिन उचित ठाने। श्रेष्ठले राजीनामासँगै तीन सर्त राखे । सर्त नम्बर १ः रेडियो बन्द गर्न नपाइने , २ः संकटका बेला अन्य कर्मचारी कटौती गर्न नपाउने, ३ः कर्मचारीलाई पुरा तलब दिनुपर्ने ।’

Batas

स्रोतका अनुसार रेडियोले यसअघि पनि केही महिना आधा तलब मात्र कर्मचारीलाई दिएको थियो । पछिल्लो समय कोरोनाका कारण कर्मचारीलाइ तलब खुवाउन गाह्रो भएपछि सञ्चालकले कर्मचारी कटौती गर्न आग्रह गर्दै आएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.