www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए १४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज १४ जना नयाँ संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा तनहुँ २ जना नवलपरासीका १२ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। तनहुँका संक्रमित दुवै पुरुष रहेका छन् । उनीहरुको क्षयरोग उपचार केन्द्र, पोखरामा कोरोना परीक्षण गरिएको थियो ।

नवलपरासीका संक्रमित मध्ये १० जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको भरतपुर अस्पताल चितवनमा कोरोना परीक्षण गरिएको थियो । संक्रमित १७ देखि ५ वर्ष सम्मका उमेर समुहका रहेका छन् ।

आज थपिएका १४ संक्रमित सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ सय ७९ पुगेको छ । र कोरोनाबाट निको हुनेको संख्या १५ सय ५९ रहेको छ ।

यसैबीच पोखरा महानगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गएराती देखि पोखरामा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा लागु भएपश्चात आज पोखरा महानगर सुनसान बनेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.