www.tandavnews.com
Fact ~ In search of truth

बाजुरामा पहिरोेमा परी दुईको मृत्यु, अछाममा १७ बेपत्ता

अछाम ।

अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

Batas

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीपहिरोेमा परी बाजुरामा दुई जनाको मृत्यु

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताएका छन् । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.