www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा फेरि थपिए संक्रमित, पाँच जिल्लाका पाँच संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ५ जिल्लाका  ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बुधबार ५ जिल्लाका ५ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।तनहुँ, गोरखा, बागलुङ,धादिङ र नवलपरासीका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

Batas

बागलुङ, धादिङ र नवलपरासीका ३ संक्रमित लमजुङमा कार्यरत व्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित पाँचै जना पुरुष रहेका छन् । संक्रमित २२ वर्षदेखि ५० वर्ष उमेर समुहका रहेका छन् ।

संक्रमित हुनेमा तनहुँ देबघाटका वडा नम्बर ५ का २७ वर्षीय , गोरखा पालुङटार वडा नम्बर ४ का ५० वर्षीय, बागलुङ बडिगाडका २२ वर्षीय, धादिङ गंगाजमुनाका ३२ वर्षीय र नवलपरासी कावासोतीका ३२ वर्षीय पुरुष रहेका छन् ।

यस अघि गण्डकी प्रदेशमा पोखरा महानगरका ४ सहित १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७८८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.