www.tandavnews.com
Fact ~ In search of truth

रिक्त पदमा नियुक्ति माग गर्दै बसेको अनशन २६औँ दिनमा स्थगित

पोखरा ।

नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औँ दिनमा स्थगित गरेको छ ।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी संघले अनशन थालेको थियो ।

Batas

जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्था गरेको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको उल्लेख गर्दै महामन्त्री भट्टराईले आन्दोलनका कार्यक्रम फरक किसिमबाट सञ्चालन हुने जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.