www.tandavnews.com
Fact ~ In search of truth

जीपको ठक्करबाट घाईते हबल्दारको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गएराती जिपको ठक्करबाट घाईते प्रहरी हबल्दारको उपचारको क्रममा मृत्यु भएको छ । बर्दिया बढैयाताल–६ बस्ने दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर १ तनहुँ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत वर्ष ३४ का प्रहरी हबल्दार डम्बर बहादुर थारुको उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि पाल्पा रिप्दीकोट घर भएका प्रहरी जवान वर्ष २० का चन्द्रबहादुर बगालेको उपचारको क्रममा राती नै मृत्यु भएको थियो ।
डियुटीमा रहेका दुई प्रहरी चढेको ग १ ब ३६९ नम्बरको मोटरसाईकल लाई ग २ च २६२६ नम्बरको जिपले ठक्कर दिदाँ प्रहरी हवल्दार र १ प्रहरी जवान घाईते भएका थिए ।

Batas

पोखरा महानगरपालिका –५ मालेपाटनमा रहेको विश्वास पेट्रोल पम्प अगाडी बागलुङ बस पार्कबाट जिरोतर्फ जाँदै गरेका प्रहरी चढेको मोटरसाईकललाई सोही दिशाबाट आइरहेको उक्त जिपले पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने जिप चालक विशाल केसी प्रहरी नियन्त्रणमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.